Kathmandu Press

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन्।
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

काठमाडौं, पुस १५ : प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी ९बीएनपी० अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन्।

Hardik ivf

प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको नेतृत्व बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायका रूपमा स्थापित भएको बताइन्।

नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा उनले खेलेको भूमिकाका लागि नेपालले उनलाई सधैं सम्झिरहने उल्लेख गरे । शोक सन्देशमा प्रधानमन्त्री कार्कीले दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेकी छन् 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्