Kathmandu Press

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं,’ उनले लेखेका छन्।
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

काठमाडौं, पुस १५ : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन्।

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं,’ उनले लेखेका छन्।

उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ रहनेमा विश्वस्त रहेको पनि उनले लेखेका छन्।

‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउँछ। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं,’ उनले लेखेका छन्।

पार्टीहरूले एकीकरणपछि राजनीतिक एकता बलियो बनाउँदै आगामी निर्वाचन र विकासका अभियानमा साझा रणनीति अघि बढाउने तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्