कांग्रेसले मंगलबार समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझायो
खसआर्यतर्फका तीन महिलामा कसलाई राख्ने भन्ने बिषयमा विवाद हुँदा बन्दसूचीलाई अन्तिम रूप दिन ढिलाई भएको थियो।
काठमाडौं, पुस १५ : नेपाली कांग्रेसले मंगलबार समानुपातिकतर्फको बन्दसूची बुझाएको छ। केहीबेर अघि निर्वाचन आयोगमा बन्दसूची बुझाइएको हो।
खसआर्यतर्फका तीन महिलामा कसलाई राख्ने भन्ने बिषयमा विवाद हुँदा बन्दसूचीलाई अन्तिम रूप दिन ढिलाई भएको थियो।
मंगलबार समानुपातिक बन्दसूचीको नाम टुंगो लगाएपछि सभापति देउवाद्वारा हस्ताक्षरित सूची आयोगमा बुझाइएको छ।
मुख्यसचिव कृष्ण पौडेलले समानुपातिकको सूची आयोगमा बुझाएका हुन्। कांग्रेससँगै बन्दसूची पेस गर्ने दलको संख्या ६४ पुगेको छ।
प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










