Kathmandu Press

निर्वाचन अगाडि विशेष महाधिवेशन गर्नुहुँदैन : देउवा 

‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ। त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन। नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ,’ देउवाले भने।
निर्वाचन अगाडि विशेष महाधिवेशन गर्नुहुँदैन : देउवा 
फाइल तस्बिर।

काठमाडौं, पुस १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न आमनिर्वाचनभन्दा अगाडि विशेष महाधिवेशन गर्न नहुने बताएका छन्। मंगलबार महाराजगन्जस्थित निवासमा पत्रकारसँगको भेटघाटमा देउवाले उक्त भनाई राखेका हुन्।

सभापति देउवाले महाधिवेशन पहिला गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने बताए। ‘निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्र प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु । गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन,’ देउवाले भने। 

Hardik ivf

आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिँदै आएको पनि बताए । तर, निर्वाचनभन्दा अगाडि नै महाधिवशेन गर्ने भए पनि आफू बाधक नबन्ने देउवाको भनाई थियो। 

‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ। त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन। नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ,’ देउवाले भने।

सभापति देउवाले १५औँ महाधिवेशनमा विधानतः आफू सभापतिको उमेदवार बन्न नमिल्ने पनि बताए। १५औं महाधिवेशनमा आफू तटस्थ रहने पनि उनको भनाई छ। सभापतिका निम्ति अब आफ्नो इच्छा पनि नभएको स्पष्ट गर्दै अरूलाई प्रोत्साहन गर्ने उनले उल्लेख गरे। 

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्