Kathmandu Press

बाँकेका थप ६ जनामा कोरोनाको संक्रमण भेटियो

काठमाडौं, जेठ ७ : बाँकेमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका....

बाँकेका थप ६ जनामा कोरोनाको संक्रमण भेटियो

काठमाडौं, जेठ ७ : बाँकेमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता. विकास देवकोटाले जानकारी दिए। 

संक्रमित बाँकेको नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि प्रवक्ता देवकोटाले जानकारी दिए।

यसअघि बाँकेमा ९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। संक्रमतिमध्ये २५ वर्षीय युवकको भने केही दिनअघि मृत्यु भएको थियो। 

नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४२७ पुगेको छ। तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्