Kathmandu Press

बन्द सूची बुझाएपछि उज्यालो पार्टीले भन्यो– भोलि के हुन्छ थाहा छैन, अहिलेसम्मको तयारी एक्लै लड्ने हो

नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए।
बन्द सूची बुझाएपछि उज्यालो पार्टीले भन्यो– भोलि के हुन्छ थाहा छैन, अहिलेसम्मको तयारी एक्लै लड्ने हो

काठमाडौं, पुस १४ : उज्यालो पार्टी नेपालले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ।

सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए।

‘हाम्रो आफ्नो अस्तित्वसहितको पार्टी हो। त्यो हाम्रो पार्टीको आफ्नै खालको तयारी छ। देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ । देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ,’ उनले भने, ‘त्यो कारणले आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो र आगामि निर्वाचनको तयारी गर्ने हो। भोलि के हुन्छ थाहा छैन्, तर अहिलेसम्मको हाम्रो तयारी एक्लै लड्ने हो।’

उनले चुनावी तालमेल आवश्यकताको आधारमा हुने बताए ।

प्रकाशित मिति: २०:०२ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्