Kathmandu Press

निर्वाचनअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्छौंं : कांग्रेस

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरु निर्वाचनको पक्षमा नै रहेको बताउँदै तर निर्वाचन अघि प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्ने बताए।
निर्वाचनअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्छौंं : कांग्रेस

काठमाडौं, पुस १४ : नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनअघि नै सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ।

सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरु निर्वाचनको पक्षमा नै रहेको बताउँदै तर निर्वाचन अघि प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्ने बताए।

‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ। सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौं। आज बन्द सूची बुझाउन पनि आउँदैछौं। केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ, त्यो पनि हामी गर्छौं,’ उनले भने, ‘तर यो बिचमा कुनै न्यायिक फैसलाहरु कुनै ढंगबाट आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ।’

नेता विश्वकर्माले नयाँ राजनीतिक दलहरु थपिदै जानु कांग्रेसको लागि सुखद भएको बताए।

प्रकाशित मिति: १९:३० बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्