Kathmandu Press

नौ दलले बुझाए समानुपातिक सूची 

ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले पनि सबै सिटमा समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्।
नौ दलले बुझाए समानुपातिक सूची 

काठमाडौं, पुस १४ : आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागिसाँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्। 

निर्वाचन आयोगका अनुसार तीन दलले आइतबार र ६ दलले सोमबार समानुपातिकको बन्दसूची बुझाएका हुन्। 

Hardik ivf

हिजो नेपाल मजदूर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाएका थिए। आइतबार नेमकिपा र जनमोर्चाले सबै ११० सीटका लागि उम्मेदवारको सूची बुझाएको थियो। 

आयोगका अनुसार लोकतान्त्रिक पार्टीले भने १२ जनाको नाम बुझाएको छ । सोमबार जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जनाको नाम बुझाएको छ। नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) र गतिशील लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको नाम आयोगलाई दिएको छ। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले १०१ जनाको नाम बुझाएको छ । समावेशी समाजवादी पार्टीले ३१ र समावेशी समाजवादी पार्टी नेपालले १२ जना उम्मेदवारको सूची बुझाएको छ। 

ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले पनि सबै सिटमा समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्। निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बुझाउने म्याद सोमबारसम्म तोकेको छ। 
 


 

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्