Kathmandu Press

कपिलवस्तुमा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैं, जेठ ७ :  कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार रुपन्देहीको भैरहवास्थित प्रयोगशालामा गरि....

कपिलवस्तुमा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडाैं, जेठ ७ :  कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार रुपन्देहीको भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

कोरोना संक्रमितको स्थायी र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए। कोरोनाबाट संक्रमित हुने जिल्लाको संख्या ३८ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ। तीमध्ये ४५ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्