Kathmandu Press

जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक

उनले प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने जानकारी गराए।
जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक

काठमाडौं, पुस १४ : गत भादाै २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन्।

सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन्।

‘प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन। न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ। गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो बल प्रयोग गर्ने, गोली चलाउने कुनै आदेश मैले दिएको पनि छैन,’ उनले भने, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो।’

Hardik ivf

त्यस्तै उनले प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने जानकारी गराए।

‘प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने हो । यस सम्बन्धि प्रष्ट कानूनी व्यवस्था र आधार पनि छन् । त्यस अवस्थाको निक्र्यौल गरी निर्णय लिने जिम्मेवारी स्थानीय प्रशासन सम्वन्धी ऐन तथा अन्य कानूनले नै प्रष्ट रुपमा सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई दिएको छ,’ उनले भने।

प्रदर्शनमा व्यापक घुसपैठ हुँदा दुखद् घटना घटेको उनको ठम्याई छ। ‘धमिलो पानीमा माछा मार्न चाहने’ तत्वले जेन–जीको भावना माथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको उनको भनाइ छ।

‘प्रदर्शनमा व्यापक घुसपैठ भयो। जेन–जीको प्रदर्शनलाई लोकतन्त्र बिरोधी तत्वहरुले हाइज्याक गरे। संसद्भवन, नयाँ वानेश्वर परिसरमा हिंसात्मक घटना भएपछि जेन–जी अगुवाहरुले सामाजिक सञ्जालमार्फत सन्देश पठाए– हाम्रो आन्दोलन सफल भएको छ,’ उनले भने, ‘यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइदैछ। साथीहरु आआफ्नो घर फर्किनुस्। ‘धमिलो पानीमा माछा मार्न चाहने’ तत्वले जेन–जीको भावना माथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो।’

लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताका लागि लामो राजनीतिक जीवन व्यतित गरेको, नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यताबाट दिक्षित भएको कार्यकर्ता साथै संविधानमा यि बिषय लिपीबद्ध गर्न क्रियाशील रहेको व्यक्तिको रुपमा पनि नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता र आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित वा अवरोध गर्ने बिषय आफूले सोच्न पनि नसक्ने लेखकले बताए।

लेखकले देशमा अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिदै मैले तत्काल राजीनामा गर्ने निर्णय गरेको बताए।

आफ्नो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भएको भन्दै त्यो घट्ना जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय रहेको धारणा राखे।

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्