Kathmandu Press

नेप्सेमा दोहोरो अंकको गिरावट

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो।
नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, पुस १० : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो। आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ ।

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो।

Hardik ivf

आज सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता शेयर किनबेच भएको छ।

सोमबार एसवाई प्यानल नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यसपछि मञ्जुश्री फाइनान्सको करिब १८ करोड र शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।


आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्