गृहसचिव दंगालसहित सातजना सचिवको सरुवा
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले दंगाललाई गृह सचिवको जिम्मेवारीमा ल्याएको थियो। उनलाई रक्षा सचिवबाट सरुवा गरेर गृहसचिवमा ल्याइएको थियो।
काठमाडौं, पुस १४ : सरकारले सातजना सचिवको सरुवा गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगालसहित सात सचिवको सरुवा गरेको हो। गृहसचिव दंगाल तीन महिनामै सरुवामा परेका छन्।
उनलाई गृहमन्त्रालयबाट लोक सेवा आयोगमा सरुवा गरिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले दंगाललाई गृह सचिवको जिम्मेवारीमा ल्याएको थियो । उनलाई रक्षा सचिवबाट सरुवा गरेर गृहसचिवमा ल्याइएको थियो।
दंगालको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई ल्याइएको छ । श्रेष्ठलाई लोक सेवा आयोगको सचिवको जिम्मेवारीबाट प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो।
सरुवामा पर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्कर पनि रहेका छन् । उनलाई श्रम मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा ल्याइएको छ। सचिव डा.हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
यता, उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।



-1767009472.jpg)





-1767009472.jpg)


