Kathmandu Press

६०–४० को भागवण्डाका आधारमा समानुपातिक सूची तयार गर्दै कांग्रेस 

समानुपातिकमा संस्थापनतर्फ कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यबहाक सभापति पूर्ण बहादु खड्का पक्षका ६० प्रतिशत र नेता शेखर कोइराला तथा महामन्त्री गगन थापा समूहका ४० प्रतिशत समेटिने छन्।
६०–४० को भागवण्डाका आधारमा समानुपातिक सूची तयार गर्दै कांग्रेस 

काठमाडौं, पुस १४ : नेपाली कांग्रेसले ६०–४० को भागवण्डाका आधारमा समानुपातिक तर्फ उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गृहकार्य गरेको छ। 

पार्टीभित्रको समूह व्यवस्थापनका लागि कांग्रेसले यस्तो रणनीति अपनाएको हो। यतिबेला कांग्रेस समानुपातिक उम्मेदवारको नामावली तय गर्न अन्तिम गृहकार्यमा छ। 

समानुपातिकमा संस्थापनतर्फ कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यबहाक सभापति पूर्ण बहादु खड्का पक्षका ६० प्रतिशत र नेता शेखर कोइराला तथा महामन्त्री गगन थापा समूहका ४० प्रतिशत समेटिने छन्। विगतमा समानुपातिक उम्मेदवार भइसकेकालाई यसपाली नदिने निर्णय कांग्रेसले गरेको छ। 

समानुपातिक तर्फको उम्मदेवारी दिने आज अन्तिम दिन हो । ६०–४० को भागवण्डा अनुसार केहीबेरमा अन्तिम सूची बुझाउने तयारी रहेको जनाइएको छ। 

अहिले कांग्रेसका शीर्ष नेताहरू सूची तय गर्न गोप्य छलफलमा छन्। समानुपातिकतर्फ ११० जनाको सूची क्लस्टर मिलाएर निर्वाचन आयोगमा पेस गरिने छ। 

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्