Kathmandu Press

निर्वाचनबाहेक अन्य विकल्पसोचे मुलुक दुर्घटनामा पर्नसक्ने प्रचण्डको चेतावनी 

सबैको सामुहिक प्रयासले नै अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ।’ 
निर्वाचनबाहेक अन्य विकल्पसोचे मुलुक दुर्घटनामा पर्नसक्ने प्रचण्डको चेतावनी 

काठमाडौं, पुस १४ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचनबाहेक अन्य विकल्पहरू सोचे मुलुक फेरि अर्को दुर्घटनामा पर्नसक्ने चेतावनी दिएका छन्।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबैको सामुहिक प्रयासले नै अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ।’ 

Hardik ivf

संकटमा परेको राष्ट्रलाई निकास दिने दायित्व सबै राजनीतिक दलको रहेको उनले बताए । सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेकाले अब निर्वाचनबाहेक अर्को विकल्प सोच्न नसकिने उनको भनाई थियो। 

प्रचण्डले जेनजी आन्दोलनपछि संकटमा रहेको देशलाई सबै मिलेर निकास दिनुपर्ने पनि बताए। ‘निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ,’ प्रचण्डले भने। 

युवाहरुको राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको पनि उनले बताए ।

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्