Kathmandu Press

सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ : मन्त्री चौलागाईं

‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं। त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं,’ उनले भने।
सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ : मन्त्री चौलागाईं

काठमाडौं, पुस १४ : वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन्।

सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन्।

Hardik ivf

‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं। त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं,’ उनले भने।

मन्त्री चौलागाईंले ३० वर्षसम्म देशमा जनताले अपेक्षा गरेअनुरुप विकास नहुँदा जेनजी विद्रोह भएको बताए। कति समयमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा इमान्दारपूर्वक काम गर्न सकियो कि सकिएन भन्ने कुराले निर्धारण गर्ने धारणा राखे।

‘मलाई थाहा छ, ३० वर्षसम्म हाम्रो देशमा जे अपेक्षा गरेको थिए मानिसले त्यो नपाएपछि देशमा जेनजी विद्रोह भयो। तपाईलाई काम गर्न परिवर्तन गर्न कति समय भयो भने पर्याप्त हुन्छ? कति समय भयो भने तपाईहले परिवर्तन ल्याउन सक्नुहुन्छ? भन्ने कुरा इमान्दारपूर्वक काम गर्नुभयो कि भएन भन्ने कुराले निर्धारण गर्छ,’ उनले भने।

जेनजी आन्दोलन कुनै व्यक्ति विशेष नभएर प्रवृत्तिको कुरा भएको भन्दै सबैले एकचोटी आत्मासमिक्षा गर्न आवश्यक रहेको बताए।

‘एकचोटी आत्मासमिक्षा गरौं। हामी सबैको कतै न कतै जेनजी आन्दोलन हुनुमा योगदान छ, जेनजी आन्दोलन हुनु कुनै व्यक्तिको कुरा होइन्, प्रवृत्तिको कुरा हो । त्यो प्रवृत्तिले हरेक ठाउँमा गाँजेको थियो,’ उनले भने।

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्