जसपा सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले गरे पार्टी परित्याग
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी, नेपालबीच भएको एकतालाई स्वीकार गरेको उनीहरुले बताएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं, पुस १४ : जनता समाजवादी पार्टी (जसपा) की सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्।
उनीहरूले उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल पार्टीसँग एकीकरण गर्ने बताउँदै जसपा परित्याग गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी, नेपालबीच भएको एकतालाई स्वीकार गरेको उनीहरुले बताएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर भएको छ।
‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो,’ सहमति पत्रका उल्लेख छ।
प्रकाशित मिति: १३:४४ बजे, सोमबार, पुस १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












