Kathmandu Press

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक 

आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भने पनि उनी आज सिंहदरबार पुगेका हुन्।
बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक 

काठमाडौं, पुस १४ : नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्। 

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो।

आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भने पनि उनी आज सिंहदरबार पुगेका हुन्।

उनले बयान सकिएलगत्तै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै छन्। 

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्