Kathmandu Press

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो

आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ। 
राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो

काठमाडौं, पुस १४ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।

आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ। 

Hardik ivf

यसैगरी ढुवानी १० हजार, गोष्ठी अन्तरक्रियाका लागि एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० खर्च गर्न पाइनेछ।

त्यस्तै कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउनेछन्  आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। 

आयोगले उम्मेदवारलाई निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्न निर्देशन दिएको छ। सो खाताबाट मात्र खर्च गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी त्यसको विवरण निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ।

निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गरी निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगले जनाएको छ। 

निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र मर्यादित निर्वाचनका लागि तोकिएको खर्च सीमाको पालना गर्न सबै उम्मेदवारलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: ११:१४ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्