Kathmandu Press

उज्यालो नेपाल र प्रलोपाबीच एकताको गृहकार्य 

उज्यालो नेपाल पार्टीमा उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेका छन् भने प्रलोपामा माओवादी छाडेका जनार्दन शर्मा संरक्षक छन्। 
उज्यालो नेपाल र प्रलोपाबीच एकताको गृहकार्य 

काठमाडौं, पुस १३ : उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच एकताको गृहकार्य भएको छ। 

उज्यालो नेपाल पार्टीमा उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेका छन् भने प्रलोपामा माओवादी छाडेका जनार्दन शर्मा संरक्षक छन्। 

रास्वपासँग एकताका लागि सहमति हुन नसकेपछि घिसिङले प्रगतिशील पार्टीसँग एकताका लागि गृहकार्य शुरु गरेका छन् । गृहकार्य चले पनि टुंगोमा भने पुगिसकेको छैन। 

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहसँग कुरा नमिलेपछि प्रगतिशील र उज्यालोबीच एकता प्रयास भएको हो । प्रलोपाको संरक्षकमा पूर्वमन्त्री शर्मासँगै डा.बाबुराम भट्टराई पनि छन्। 
 
प्रकाशित मिति: १९:४१ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्