Kathmandu Press

टोखाबाट बरामद रु. २५ करोड अवैध रकमका मालिक पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

गत चैत ४ गते टोखाबाट ट्रकमा लोड गरिएको अवस्थामा रकम बरामद भएको थियो । पौडेललाई काठमाडौं जिल्ला अदालतले धरौटी तारिखमा छाडेको थियो। 
टोखाबाट बरामद रु. २५ करोड अवैध रकमका मालिक पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, पुस १३ : टोखाबाट बरामद २५ करोडभन्दा बढी रकमका मालिक सिन्धुपाल्चोकका नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

पौडेल र रकम बोक्ने ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको हो। गत चैत ४ गते टोखाबाट ट्रकमा लोड गरिएको अवस्थामा रकम बरामद भएको थियो । पौडेललाई काठमाडौं जिल्ला अदालतले धरौटी तारिखमा छाडेको थियो। 

Hardik ivf

उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ निवासी हुन् । त्यतिबेला ३५ लाख धरौटीमा छुटेका पौडेललाई अर्को मुद्दा चलाइएको हो । चालक कुसाङ लामालाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ। 

टोखास्थित झोरबाट चीनको केरुङतर्फ जान लागेको ना७ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद भएको हो । ट्रकमा बरामद रकमका बिषयमा थप अनुसन्धान गर्न प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहरभवनमा बुझाइएको थियो। 

विभागले रकमका मालिक पौडेल नै रहेको किटान गरेको थियो । त्यसबेला फरार रहेका पौडेल र पक्राउ परेका भरिया लामामाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुर अन्तर्गत गत वैशाखमा मुद्दा दायर गरिएको थियो। 

चालक लामा यसअघि ७ किलो सुनसहित पक्राउ परेका व्यक्ति हुन्। लामा पाँच वर्ष जेल बसेर २०७८ मा छुटेका थिए।
 

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्