Kathmandu Press

४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ।
४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, पुस १३ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ। यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार आइतबार भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ 

Hardik ivf

आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेको छ। त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। 

यद्यपि, कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर यस दिन शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको करिब २४ करोड ५० लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ। 

विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्