Kathmandu Press

एनसिसी अल्मुनाई एशोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

कार्यक्रममा राष्ट्रिय सेवा दल नेपालका सह-संरक्षक समेत रहेका प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको उल्लेखनीय भूमिकाको प्रशंसा तथा अल्मुनाईसँग आबद्ध सबैलाई उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । 
एनसिसी अल्मुनाई एशोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, पुस १३ : राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एनसिसी अल्मुनाईको आठौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा राष्ट्रिय सेवा दल नेपालका सह-संरक्षक समेत रहेका प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको उल्लेखनीय भूमिकाको प्रशंसा तथा अल्मुनाईसँग आबद्ध सबैलाई उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । 

Hardik ivf

NCC-2-1766917819.JPG

कार्यक्रममा अल्मुनाई एसोसिएसनका केन्द्रीय निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक उपरथी याम प्रसाद ढकालले धन्यवाद मन्तव्य राखेका थिए । 

कार्यक्रममा तालिमरत छात्र, छात्रा एवं प्रशिक्षकहरू उपस्थिति रहेको कार्यक्रमका क्याडेट छात्र, छात्राहरूबाट सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । वि.सं.२०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था वि.सं. २०७५ मा स्थापना भएको थियो । 

हाल देशका विभिन्न ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भई रहेको छ । राष्ट्रिय सेवा दलले वार्षिक रूपमा करिब ७ हजार ७०० जनालाई तालिम गराउँदै आएकोमा हालसम्म ८६ हजार भन्दा बढी छात्र, छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

4-(3)-1766917867.JPG
 

प्रकाशित मिति: १६:१६ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्