Kathmandu Press

कांग्रेसका सांसदद्वारा राष्ट्रियसभाको अधिवेशन बोलाउन अध्यक्ष दाहालको ध्यानाकर्षण

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा पुगेको एक टोलीले आइतबार अध्यक्ष दाहालको ध्यानाकर्षण गराएको हो। 
कांग्रेसका सांसदद्वारा राष्ट्रियसभाको अधिवेशन बोलाउन अध्यक्ष दाहालको ध्यानाकर्षण

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएको छ। 

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा पुगेको एक टोलीले आइतबार अध्यक्ष दाहालको ध्यानाकर्षण गराएको हो। 

Hardik ivf

गत पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकबाट राष्ट्रियसभाको बैठक अविलम्ब डाक्न माग गरिएको थियो। उक्त निर्णयको जानकारीसहित अधिवेशनका निम्ति पहल लिन अध्यक्ष दाहालको ध्यानाकर्षण गराइएको हो। 

अधिवेशनको माग राख्न कांग्रेसका राष्ट्रिय सभा सांसदहरु कमला पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा, पदम परियारलगायत राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई भेट्न पुगेका थिए।


 

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्