Kathmandu Press

आयोगले गर्यो निर्वाचन आचारसंहितामा कडाई

दलहरुले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम पहिले आयोगमा बुझाएपछि आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने छन्। 
आयोगले गर्यो निर्वाचन आचारसंहितामा कडाई

काठमाडौं, पुस १३ : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ। 

आचारसंहिता अनुसार चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरेर प्रचारमा जानुपर्ने अवस्थामा राजनीतिक दलले आयोगमा पहिल्यै विवरण बुझाउनुपर्ने छ।

Hardik ivf

दलहरुले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम पहिले आयोगमा बुझाएपछि आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने छन्। 

यस्तै, एकजना उम्मेदवारले प्रचारप्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भनिएको छ। 

अचारसंहितामा निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोगगर्न पाइने उल्लेख छ। सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छ। 

अयोगले दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने भन्दै पनि आचारसंहितामा कडाईसमेत गरेको छ। एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न समेत पाइने छैन।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्