Kathmandu Press

सर्वोच्चमा जलेका मिशिल र कागजप्रमाणमा निकास दिन १९ न्यायाधीशको बृहत इजलास 

गत २४ भदौको आगजनीपछि सर्वोच्च अदालतका करिब ९० प्रतिशत कागजातहरू जलेर नष्ट भएको अवस्थामा कागजात र मिसिलमा एकरुपता ल्याउन प्रधानन्यायाधीशसहित १९ न्यायाधीश संलग्न इजलास गठन गरिएको हो। 
सर्वोच्चमा जलेका मिशिल र कागजप्रमाणमा निकास दिन १९ न्यायाधीशको बृहत इजलास 

काठमाडौं, पुस १३ : सर्वोच्च अदालतमा आइतबार १९ न्यायाधीशहरू संलग्न बृहत पूर्ण इजलास गठन गरिएको छ  

गत २४ भदौको आगजनीपछि सर्वोच्च अदालतका करिब ९० प्रतिशत कागजातहरू जलेर नष्ट भएको अवस्थामा कागजात र मिसिलमा एकरुपता ल्याउन प्रधानन्यायाधीशसहित १९ न्यायाधीश संलग्न इजलास गठन गरिएको हो। 

Hardik ivf

सर्वोच्चले मुद्दाका पक्ष एवं सरोकारवालाहरुलाई सम्बन्धित मुद्दाको कागजात बुझाएर सहयोग गर्न यसअघि नै आह्वान गरिसकेको छ। जेनजी आन्दोलनकाक्रममा गत २४ भदौमा अज्ञात समूहले सर्वोच्च अदालतमासमेत आगजनी गरेपछि मिशिलहरु जलेर खरानी बनेका थिए। 

सर्वोच्च अदालतले यतिबेला विभिन्न निकायबाट नष्ट भएका मुद्दाका फाइल, प्रमाणकागजहरू संकलन गरिरहेको छ । सर्वोच्चले मुद्दाको तारिख लिनेहरूलाई एक महिनाको समय दिएको छ । यस्तै, जलेका कागजात र मिसिल ल्याउन दुई महिनाको अवधि दिइएको छ। 

सर्वोच्चले मिशिल, कागजात र तारिखमा एकरुपता ल्याउन बृहत पूर्ण इजलास राखेको जनाएको छ। यस बिषयमा सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले प्रतिवेदन पेश गरेका थिए। म्याद र जलेका फाइलको अर्को प्रति पेश गर्ने विषयमा पनि अन्यौल देखिएको छ। सर्वोच्चको बृहत पूर्ण इजलासबाट छलफल भएर एउटा निकास आउनेछ। 

यसअघि कोभिडको समयमा पनि २०७७ साल जेठ महिनामा बृहत पूर्ण इजलास गठन भएको थियो । त्यतिबेला लकडाउनका कारण अप्ठेरोमा पर्ने मुद्दाहरूको बाधा अड्चन फुकाउँदै सेवाग्राहीहरूका लागि एक महिनाको सुविधा प्रदान गरेको थियो। 

प्रकाशित मिति: १५:४० बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्