Kathmandu Press

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो 

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो 

काठमाडौं, पुस १३ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा रानाको कार्यकाल सकिएको छ।

घिमिरे र राना आफ्नो कार्यकाल सकेर आजै बिदा हुँदैछन् । सभामुख घिमिरेले सरकारी निवास छोड्ने तयारीमा छन् । अहिले निवासका सरसामान मिलाउने कार्य चलिरहेको बताइएको छ। 

Hardik ivf

घिमिरे आज कार्यालय गएका छैनन्। निवासबाट सरेर डेरामा जाँदैछन्। घिमिरेले डेरा पनि खोजिसकेका छन्। 

संविधानतः प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ।

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा भएको छ । निर्वाचनका लागि लागि दलहरुलाई आइतबार र सोमबारका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन भनिएको छ । 

 

प्रकाशित मिति: १५:३० बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्