Kathmandu Press

कांग्रेस सभापति देउवा र नेता पौडेलले गरे तातोपानी कुण्डमा स्नान

बेनी, फागुन २५ : कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् । 

....
कांग्रेस सभापति देउवा र नेता पौडेलले गरे तातोपानी कुण्डमा स्नान

बेनी, फागुन २५ : कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् । 

आज विहान हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा देउवासहितको टोलीले अवलोकन भम्रण गर्दै स्नान गरेको हो । 
उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । 

तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए । देउवालाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । 

देउवाले आजै बेनीमा नेपाली कांग्रेस पार्टी कार्यालयको पनि उद्घाटन गरेका छन् । बेनीको सङ्गम चोकमा ५१ लाख ३७ हजार ७ सय ५० रुपैयामा जग्गा खरीद गरी २९ लाख ५९ हजार ४२५ लगानीमा उक्त भवन निमार्ण गरिएको थियो । 
––– 

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, फागुन २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्