Kathmandu Press

समानुपातिक सूचीलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक बस्दैं 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज  बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । 
समानुपातिक सूचीलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक बस्दैं 
Hardik ivf

काठमाडौं, पुस १३ : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज  बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए । 

आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्