Kathmandu Press

कांग्रेसले सार्वजनिक गर्‍यो विदेशमा अप्ठ्यारोमा परेका नागरिकको तथ्यांक संकलन गर्ने एप 

काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा रहेका अप्ठ्यारोमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्न एप सार्वजनिक गरेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत बुधबार अपरान्ह तीन बजे एप सार्वजनिक गरेका हुन्। एपमार्फत विश्वभर  रहेका र कोरोना भाइरसका कारण अप्ठ्यारोमा परी नेपाल फर्कन चाहाने नागरिकहरुको तथ्यांक संकलन गरिनेछ। 

विश्वभर नेपालीहरु नेपाल आउन चाहानेहरुको तथ्यांक संकलन गर्न, संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकता आधारमा राहत व्यवस्थापन र उद्वार गर्न नेपाल सरकारलाई सहयोग र दबाब पुर्‍याउने एप सार्वजनिक गरेको कांग्रेसले जनाएको छ।  एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने  र कांग्रेसको अफिसियल वेबसाइटमार्फत फर्म भर्न सकिनेछ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘संकटमा उद्दार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एप सार्वजनिक गरेको बताएका छन्। 

प्रकाशित मिति: १५:२५ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्