खुल्ला रक्तदान कार्यक्रममा १९ युनिट रगत संकलन
नेपाल रेडक्रस सोसाइटी बाड्खोला उपशाखा स्याङ्जाको आयोजनामा शनिबार खुल्ला रक्तदान संगै विपत व्यवस्थापन गोष्ठी एवम् अभिमुखिकरण समेत सम्पन्न भएको हो ।
स्याङ्जा, पुस १३ : स्याङ्जाको पुतलीबजार नगरपालिका ३ निरविरे स्थित पुण्यशिला आधारभुत विद्यालयमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा १९ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी बाड्खोला उपशाखा स्याङ्जाको आयोजनामा शनिबार खुल्ला रक्तदान संगै विपत व्यवस्थापन गोष्ठी एवम् अभिमुखिकरण समेत सम्पन्न भएको हो ।
सो कार्यक्रम लत्रेपिपल क्लब, खुमा अर्याल फाउन्डेसन स्याङ्जा, लत्रेपिपल बहुउद्देश्यीय सहकारीको सहयोग, यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राविधिक सहयोग एवम् निरविरे आधारभुत स्वास्थ्य चौकी र पुण्यशिला आधारभुत विद्यालयको व्यवस्थापनमा भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले एक युनिट रगतले कसैको जीवन रक्षा गर्न मद्धत गर्दछ भने त्यो नै सबै भन्दा ठूलो धर्म भएको बताए । यस्ता कार्यक्रमले मानव धर्मतर्फ सबैलाई प्रेरित गर्ने रेग्मीले बताए । कार्यक्रममा नि वर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्री, कार्यबाहक वडा अध्यक्ष सोम बहादुर कुवर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापती दिनेश अर्याल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, रेडक्रसकर्मी अनन्तराज मरासिनी लगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्याङ्जा बजार उपशाखाका सभापती बन्दना लम्साल, लत्रेपिपल क्लबका अध्यक्ष मनोज मल्ल, नि वर्तमान सचिव मोति प्रसाद मरासिनी लगायतको सक्रिय भुमिका रहेको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापती दिनेश अर्यालले रेडक्रस सोसाइटीका बारेमा जानकारी गराएका थिए भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एक अधिकारीले विपत व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
सो अवसरमा उपशाखाका सभापति लेखनाथ शर्माले उपशाखाले गरेका कार्य र कार्यक्रमका बारेमा जानकारी गराएका थिए । सभापती शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नि वर्तमान सभापति श्रीराम उपाध्यायले स्वागत, उपसभापति भवानी अधिकारीले धन्यवाद एवम् सचिव रामचन्द्र नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।












