Kathmandu Press

समानुपातिकको बन्दसूची पुस १४ गते दिउँसो ४ बजेसम्म बुझाइसक्नु पर्ने

समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दिउँसो ४ बजेसम्ममा आयोगमा पेस गर्नुपर्ने छ। 
समानुपातिकको बन्दसूची पुस १४ गते दिउँसो ४ बजेसम्म बुझाइसक्नु पर्ने

काठमाडौं, पुस १२ : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले राजनीतिक दललाई अनुरोध गरेको छ।

आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुलाई उक्त आग्रह गरेको हो। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक दललाई समयमै आवश्यक कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ। 

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली र निर्देशिकाअनुसार बन्दसूची पेस गर्न भनेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दिउँसो ४ बजेसम्ममा आयोगमा पेस गर्नुपर्ने छ। 

उक्त प्रयोजनका लागि आयोग परिसरमै समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालय राखिएको छ। 
 
प्रकाशित मिति: १९:०७ बजे, शनिबार, पुस १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्