Kathmandu Press

राजनीतिक दल चुनावका लागि तयार छन् : सभापति देउवा

‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ,’ देउवाले भने।
राजनीतिक दल चुनावका लागि तयार छन् : सभापति देउवा

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरु चुनावका लागि तयार भएको भनाई राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेस सभापति देउवाबाट यस्तो टिप्पणी आएको हो। 

Hardik ivf

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन । छलफलबाट निस्केपछि देउवाले सबै राजनीतिक दलहरु चुनावका लागि तयार रहेको बताए। 

‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ,’ देउवाले भने।

त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ उनले भने ।
 

प्रकाशित मिति: १८:५९ बजे, शनिबार, पुस १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्