Kathmandu Press

रास्वपा र बालेनसँगको सहकार्यबारे कुलमानको टिप्पणी– कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन

‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो,’ घिसिङले भने, ‘देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्छ।’ 
रास्वपा र बालेनसँगको सहकार्यबारे कुलमानको टिप्पणी– कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन

काठमाडौं, पुस १२ : ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भनाई राखेका छन्।
 
घिसिङले सम्मानजनक एकता मात्रै स्वीकार्य हुने बताएका छन्। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको काठमाडौँमा आयोजित उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन्। 

‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो,’ घिसिङले भने, ‘देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्छ।’ 

कार्यक्रममा मन्त्री घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन समेत आग्रह गरे। मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक रहेको भन्दै त्यस्तो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्ने उनको धारणा थियो। 

मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको पनि बताए । 

‘सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको छ,’ उनले भने, ‘यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।’ 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, पुस १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्