Kathmandu Press

कांग्रेस महाधिवशेनको कार्यतालिका हेरफेर हुने

कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिकामा हेरफेर गर्न लागिएको सहभागि एक नेताले बताए। 
कांग्रेस महाधिवशेनको कार्यतालिका हेरफेर हुने

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जनको तयारीमा जुटेको छ। 

कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि कार्यतालिकामा हेरफेर गर्न लागेको हो। 

Hardik ivf

शनिबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यहारिक कार्यतालिका बनाउनुपर्ने भनाई राखेका थिए। 

कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिकामा हेरफेर गर्न लागिएको सहभागि एक नेताले बताए। 

कार्यतालिका अव्यवहारिक रहेको गुनासो आएपछि समसामयिक बनाउन परिमार्जन गर्न थालिएको हो । गत पुस ८ गतेभित्रै क्रियाशील सदस्यताको विषय टुंग्याउने गरी कार्यतालिका बने पनि सो अनुरुप काम हुन सकेको छैन। 

जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा वडादेखि केन्द्रसम्म नीति र नेतृत्वको रुपान्तरणबारे छलफल चलिरहेको बताइएको छ। 

प्रकाशित मिति: १७:२० बजे, शनिबार, पुस १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्