Kathmandu Press

शीर्ष नेताहरुलाई प्रधानमन्त्रीले भनिन्– यो निर्वाचन जसरी पनि सफल पारौं

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं । सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ।’
शीर्ष नेताहरुलाई प्रधानमन्त्रीले भनिन्– यो निर्वाचन जसरी पनि सफल पारौं

काठमाडौं, पुस १२ : प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई आगामी चुनावलाई जसरी पनि सफल पार्न सहयोगका लागि आग्रह गरेकी छन्। 

प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उक्त भनाई राखेकी हुन्। 

Hardik ivf

प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनैजना शिर्ष नेताहरूलाई धन्यवाद पनि दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं । सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ।’

उनले राष्ट्रपतिबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम चुनावको तयारी गरिरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको जानकारी पनि कार्कीले नेताहरुलाई गराइन्। 

उनले छलफलकाक्रममा सुरक्षाकर्मीको मनोबल बढेको पनि बताएकी थिइन् । कार्कीको थप भनाई थियो, ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं। यो हामी सबैको जिम्मेवारी हो । यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।’

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, पुस १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्