Kathmandu Press

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ।
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं, पुस १२ : सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ। 

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन्।

Hardik ivf

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ।

 छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग छलफल गरेका थिए। 

निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग निवासमा पुगेर छलफल गरेका थिए।

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, पुस १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्