दक्षिण एसियामा फैलिँदै कोरोना, एक सातामा थपिए ६० हजार संक्रमित
काठमाडौं, जेठ ७ : कोरोना भाइरसको संक्रमण दक्षिण एसियामा तीव्र रुपमा फैलिन थालेको छ। नेपालसहित सबै देशमा संक्रमण बढिरहेको विश्व स्वास्थ्य संगठनको तथ्या....

काठमाडौं, जेठ ७ : कोरोना भाइरसको संक्रमण दक्षिण एसियामा तीव्र रुपमा फैलिन थालेको छ। नेपालसहित सबै देशमा संक्रमण बढिरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ।
बुधबारसम्म दक्षिणका एसियाका आठ देशमा संक्रमितको संख्या एक लाख ८७ हजार तीन सय १७ पुगेको छ। एक सातामै ६० हजारभन्दा बढी संक्रमित थिपएका छन्।
त्यसमध्ये चार हजार आठ सय ५७ जनाको मृत्यु भएको छ। भुटानबाहेक सबै देशमा कोरोना संक्रमितको ज्यान गएको छ। सबैभन्दा बढी भारतमा एक लाख ६ हजार आठ सय ८६ जनामा कोरोना देखिएको छ। जसमध्ये तीन हजार तीन सय तीन जनाको मृत्यु भएको छ।
अहिलेसम्म भारतमा ४२ हजार तीन सय नौ जना निको भएका छन्। अझै ६१ हजार संक्रमित उपचाररत छन्। दोस्रो नम्बरमा रहेको पाकिस्तानमा ४५ हजार आठ सयय ९८ जनामा कोरोना देखिएको छ। अहिलेसम्म नौ सय ८५ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा १३ हजार एक सय एक जना निको भएका छन भने ३१ हजार आठ सय १२ जनाको उपचार चलिरहेको छ। त्यस्तै, बंगलादेशमा संक्रमितको संख्या २५ हजार एक सय २१ पुगेको छ। जसमध्ये तीन सय ७० जनाको ज्यान गएको छ।
अहिलेसम्म बंगलादेशमा चार हजार नौ सय ९३ जना निको भएका छन भने १९ हजार सात सय ५८ जनाको उपचार चलिरहेको छ। चौथो नम्बरमा रहेको अफगानिस्तानमा सात हजार ६ सय ५३ जनामा कोरोना देखिएको छ भने एक सय ७८ जनाको मृत्यु भएको छ। अहिलेसम्म आठ सय ५० जना निको भएका छन भने बाँकीको उपचार जारी रहेको छ।
मालदिभ्समा एक हजार एक सय ४३ जनामा कोरोना देखिएको छ भने चार जनाको मृत्यु भएको छ। बुधबारसम्म ९१ जना निको भएका छन भने एक हजार ४८ जनाको उपचार चलिरहेको छ।
छैटौं नम्बरमा रहेको एक हजार २७ जनामा कोरोना देखिएको छ भने नौ जनाको मृत्यु भएको छ। त्यस्तै, पाँच सय ६९ जना निको भएका छन भने चार सय ४९ जनाको उपचार भइरहेको छ।सातौ नम्बरमा रहेको नेपालमा चार सय दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये दुई जनाको मृत्यु भएको छ।
अहिलेसम्म ३७ जना निको भएर घर फर्केका छन्। अझै तीन सय ६३ जनाको उपचार जारी रहेको छ। म्यानमारमा एक सय ९३ जनामा कोरोना देखिएको छ भने ६ जनाको मृत्यु भएको छ। एक सय चार जना निको भएका छन भने ८३ जनाको उपचार चलिरहेको छ।
एक्षिण एसियाका देशमा सबैभन्दा कम भुटानमा २१ जनामा कोरोना देखिएको छ। पाँच जना निको भएका छन भने १६ जनाको उपचार चलिरहेको छ।











