Kathmandu Press

निर्वाचनमा कार्यगत एकता गर्न बालेन–रवि सहमति नजिक  

सहमतिका बुंदाहरु भने सार्वजनिक हुन बाँकी छ। ति नेताले बताए अनुसार वार्ता समितिका बीचमा लगभग सहमति जुटेको छ। रास्वपा सभापति लामिछाने र मेयर शाहबीच एक चरण कुराकानी गरेपछि त्यसलाई अन्तिम रूप दिइनेछ।
निर्वाचनमा कार्यगत एकता गर्न बालेन–रवि सहमति नजिक  

काठमाडौं, पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी चुनावमा कार्यगत एकता गर्ने बिषयमा सहमती नजिक पुगेका छन्। 

दुबै पक्षविच शुक्रबार सहमतीको प्रस्तावहरू तयार भएर अन्तिम टुंगो लाग्न मात्र बाँकी रहेको बताइएको छ। दुबै पक्षबीच चुनावमा मिलेर अघि बढ्ने सहमति भइसकेको रास्वपाका एक नेताले जानकारी गराएका छन्। 

Hardik ivf

सहमतिका बुंदाहरु भने सार्वजनिक हुन बाँकी छ। ति नेताले बताए अनुसार वार्ता समितिका बीचमा लगभग सहमति जुटेको छ। रास्वपा सभापति लामिछाने र मेयर शाहबीच एक चरण कुराकानी गरेपछि त्यसलाई अन्तिम रूप दिइनेछ।

संभवतः आपसमा मिलेर जाने बिषयमा शनिबारसम्म टुंगो लाग्नेछ । आगामी चुनावमा बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा स्विकार गरेर अघि बढ्ने बिषयमा लामिछाने सहमत भएका छन्। 

यसअघि बालेनका तर्फबाट देश विकास पार्टी पनि निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ। ‘लौरो’ चुनाव चिह्न राखेर निर्वाचनमा जान दल दर्ता भएको थियो। तर रास्वपासँग आपसी तालमेलपछि चुनाव चिन्ह र पार्टी के हुने भनेर स्पष्ट हुन बाँकी छ । 
 
प्रकाशित मिति: १९:४१ बजे, शुक्रबार, पुस ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्