Kathmandu Press

पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य : महामन्त्री थापा 

‘विधानको धारा १७ (२) ले नेपाली कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनु पर्दछ। त्यो अनिवार्य छ। त्यो ऐच्छिक विषय होइन।’
पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य : महामन्त्री थापा 
फाइल तस्बिर।

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन्। 

मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म महाधिवेशन गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको थापाको भनाई छ। विशेष महाधिवेशन पक्षधरहरूको माग पत्र बुझेपछि शुक्रवार पार्टी कार्यालय, सानेपामा महामन्त्री थापाले यस्तो भनाई राखेकन हुन्। 

Hardik ivf

उनले केन्द्रीय कार्य समितिले विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको बताए। 

‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौँ। पार्टीको विधान नमान्ने अधिकार सुविधा हामी कसैलाई छैन। विधानले नै एउटा विशिष्ट व्यवस्था गरेको छ,’ उनले भने, ‘विधानको धारा १७ (२) ले नेपाली कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनु पर्दछ। त्यो अनिवार्य छ। त्यो ऐच्छिक विषय होइन।’

थापाका अनुसार महाधिवेशन नभएपछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य हो। उनले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्यसमितिले नै स्विकार गर्नुपर्ने बताए। 

महामन्त्री थापाले १५औं महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको बताएका छन्। 


 

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, पुस ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्