सरकारबाट बाहिरिनुअघि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम
‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हुँदैन,’ उनले भनिन्।
काठमाडौं, पुस ११ : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन्।
शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन्।
‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हुँदैन,’ उनले भनिन्।
यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने र राखेको पनि बताइन्।
‘हामीले वैद्यखानालाई प्राथमिकतामा राख्ने हो र राखेकै पनि छौँ। नीतिगत रुपमा वैद्यखाना विकास समिति गठनको जुन खाका तयार भयो त्यो नै गलत भयो कि जस्तो बुझियो अहिले आउँदा, यो संस्था क्रमश ओरालो लाग्दै गएको देख्दा त्यही समस्या भएको जस्तो लाग्यो,’ उलने भनिन्, ‘यसलाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्वलाई र यहाँको टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने, लामो समय काम गरेपछि पनि स्तर वृद्धि नभएको कुराहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ, राख्ने पनि छु।’
आफ्नै देशको जडीबुटी उत्पादन र प्रशोधन गर्न सक्यांै भने वैदेशिक रोजगारीमा जाने जनशक्ति पनि कम हुँदै जाने उनको भनाई छ।












