Kathmandu Press

सञ्चारमन्त्री खरेल र दाहालबीच भेटवार्ता

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष तथा नेकपा संयोजकसँग भेटवार्ता भएको हो।
सञ्चारमन्त्री खरेल र दाहालबीच भेटवार्ता

काठमाडौं, पुस ११ : सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन्।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष तथा नेकपा संयोजकसँग भेटवार्ता भएको हो।

Hardik ivf

मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए।

‘जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने उहाँको धारणा छ, त्यो कुराकानीको क्रममा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकोले जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने उहाँको पनि भनाई रहेको छ । निर्वाचनको लागि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नु भएको छ,’ मन्त्री खरेलले भने।

साथै, निर्वाचन सम्पन्न गर्न सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रचण्डले व्यक्त गरेको पनि उनले बताए । यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए।


देउवाले सुरक्षाको वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, पुस ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्