सरकारलाई निर्वाचनको वातावरण बनाउन देउवाको सुझाव
संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको देउवाले बताएका थिए।
काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन्। आफ्नै निवसामा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले यस्तो सुझाव दिएका हुन्।
‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’ देउवाले भने।
संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको देउवाले बताएका थिए।
खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पनि भेट्दैछन्।
प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










