Kathmandu Press

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस ११ : महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Hardik ivf

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन्।

महामन्त्री शर्माले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पूरा गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्। महाधिवेशन केवल नेतृत्व चयनमा सीमित नभई पार्टी र देशलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ छ।

उनले हालको सुरक्षा र राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म निर्वाचन सम्भव नहुने दाबी गरेका छन्। त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने र चुनाव फागुनभन्दा वैशाखमा गर्नु उपयुक्त हुने उनको सुझाव छ।

यता पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रका विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित गर्नु उपयुक्त नहुने बताएका छन्। उनले पार्टीभित्रका असहमतिहरू बैठकमै छलफल गरेर समाधान खोजिनुपर्ने बताउँदै आएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, पुस ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्