Kathmandu Press

मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले फेरी देशमा मारकाट भयो भने देश झन खतरामा जाने बताउँदै संसदमा छानिएर आउने सांसदहरु इमान्दार भएर मुलुकलाई हाँक्ने खालको हुनुपर्ने धाणा राखिन्।
मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं, पुस १० : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन्।

 बाह्खरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरुकोबीचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन्।

Hardik ivf

प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरुमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्।

‘हामी त अहिले अचानो जस्तो पो भएछौं। राजनीति दलले पनि अहिले छाढ, भोली छाड भनेर गाली गर्छन् । जेनजीले पनि आजै छाड भोलि छाड वा पर्सी छाड भन्छन् । छाडौं भने के छाडौं । फेरी छाडेको भोलिपल्ट थुक्क पालो त दिएको थिए त तिमीहरुलाई, औकात त छाडेर हिड्ने न रहेछ, के गरेर हिड्यौ भन्ने होलान,’ उनले भनिन्, ‘पेण्डुलम जस्तो भयौं तर धैर्य भएर काम गरिरहेको छौं,’उनले भनिन्,‘निर्वाचन किन चाहियो भन्ने युवाको कुरा आएको छ, त्यो त संसारको नियम कानुन नै रहेछ। वैधानिकता र अवैधानिकताको कुराहरु रहेछन । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ।’

सो अवसरमा उनले सरकारकै कथा लेख्न कथा लेखन प्रतियोगितामा सहभागी ३० जनालाई अनुरोध गरिन्। ‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ। हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौं,’ उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले फेरी देशमा मारकाट भयो भने देश झन खतरामा जाने बताउँदै संसदमा छानिएर आउने सांसदहरु इमान्दार भएर मुलुकलाई हाँक्ने खालको हुनुपर्ने धाणा राखिन्। मुलुकलाई माया गर्ने युवा शक्ति देशको नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्