Kathmandu Press

महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ : विश्वप्रकाश शर्मा

‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र त्यसबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्र छलफलमा छ,’ उनले भने।
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ : विश्वप्रकाश शर्मा

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन्।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको जानकारी दिए।

‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र त्यसबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्र छलफलमा छ,’ उनले भने।

महामन्त्री शर्माले महाधिवेशनमार्फत पार्टीमा नयाँ दृष्टिकोण र नयाँ नेतृत्व आउने विश्वास व्यक्त गरे । उनले महाधिवेशन सम्पन्न भए कांग्रेसप्रति जनविश्वास थप बलियो हुने बताए।

‘वडाको अधिवेशन गरौं, त्यसपछि क्षेत्रीय अधिवेशन र अन्त्यमा केन्द्रीय महाधिवेशन गरौं भन्ने प्रस्ताव हामीले राखेका छौं,’ उनले भने, ‘त्यो प्रस्ताव अहिलेको लागि उत्तम विकल्प हो। प्रश्न महाधिवेशनबाट को आउँछ भन्ने मात्रै होइन, प्रश्न महाधिवेशनबाट देशलाई कांग्रेसले के सन्देश दिन्छ भन्ने पनि हो।’

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्