Kathmandu Press

हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

उनले संविधानको दफामा कर्मचारी, प्रहरी भए वापत स्थायी बसोबासबाट भोट हाल्न पाउने तर मजदुर, निजी कम्पनीको कर्मचारी र पत्रकारहरुले भोट हाल्न नपाउने व्यवस्था रहेको भन्दै यस्तो दफा सही नभएको बताए।
हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

काठमाडौं, पुस १० : पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभित्र बसेका सबैले निर्वाचनको दिन जुन ठाँउमा छ त्यही ठाँउबाट भोट हाल्न किन नपाउने भन्दै प्रश्न गरेका छन् । उनले हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्ने बताएका हुन्।

बिहीबार भएको निर्वाचनमा चौथो अङ्ग : अनुसन्धानात्मक पत्रकारिता एक विमर्श अन्तरक्रिया कार्यक्रममा उनले संविधानको दफामा कर्मचारी, प्रहरी भए वापत स्थायी बसोबासबाट भोट हाल्न पाउने तर मजदुर, निजी कम्पनीको कर्मचारी र पत्रकारहरुले भोट हाल्न नपाउने व्यवस्था रहेको भन्दै यस्तो दफा सही नभएको बताए।

Hardik ivf

‘हामीले प्रस्तावित कानूनमा पनि पेश गरेका हौं, देश विदेशका धेरै कुरा नगरौं। देशभित्र बसेका सबै माइक बोकेर समाचार खोज्न जाने मान्छेहरुले निर्वाचनको दिन जुन ठाँउमा भएपनि त्यो ठाँउबाट भोट हाल्न किन नपाउने? मैले पत्रकारका लागि ताली खोज्न बोलेको होइन्। मैले यो किन बोलेको भन्दा कर्मचारी भए वापत चाहीं पाउने, प्रहरी भएपनि पाउने तर मजदुर भएर नपाउने? कुनै निजी कम्पनीमा काम गरेकाले नपाउने? पत्रकार भएकालेले नपाउने? यस्तो दफा पनि दफा हुन्छ र?’

उनले नेपालभित्रका सबै नेपालीले कम्तीमा समानुपातिक तर्फ देशको जुनै ठाँउबाट पनि भोट हाल्न सक्ने व्यवस्था गर्नुपर्ने भन्दै यसबाट अपनत्व बढ्ने पनि बताए।

पत्रकारिताको सन्दर्भबाट हामी निर्वाचनको प्रारम्भिक चरणमा रहेको पनि उनको भनाई छ।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्