Kathmandu Press

रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिने

‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु,’ उनले भने।
रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिने

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन भएका छन्।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले बयान दिन जाने बताएका हुन्।

‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु,’ उनले भने।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्