Kathmandu Press

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग

बैठकले देशमा उत्पन्न राजनीतिक विषम परिस्थितिका कारण प्रतिनिधिसभा असंवैधानिक ढंगबाट विघटन भएको उल्लेख गर्दै संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको अवस्थामा जनताका आवाज उठाउन राष्ट्रिय सभाको बैठक अत्यावश्यक भएको ठहर गरेको छ।
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग

काठमाडौं, पुस १० : नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक सम्पन्न भएको छ ।

दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीका अग्रज नेताहरूको निधनप्रति केन्द्रित हुँदै दुई महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले देशमा उत्पन्न राजनीतिक विषम परिस्थितिका कारण प्रतिनिधिसभा असंवैधानिक ढंगबाट विघटन भएको उल्लेख गर्दै संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको अवस्थामा जनताका आवाज उठाउन राष्ट्रिय सभाको बैठक अत्यावश्यक भएको ठहर गरेको छ।

सोहीअनुसार, राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब आह्वान गर्न राष्ट्रिय सभा अध्यक्षमार्फत सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्