Kathmandu Press

आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिको लागि अगाडि बढ्ने मागमा जेनजी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन नसक्ने बताए।
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

काठमाडौं, पुस १०: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई, चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने बताए।

Hardik ivf

‘अहिले देशमा चुनावको माहोल बढि रहेको छ। जेनजी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, अवस्था जुन हिसाबले बनेको छ त्यसको मुल दायित्व भनेको चुनाव गर्ने हो । फागुन २१ मा चुनाव गर्ने हो,’ उनले भने, ‘चुनावलाई, चुनावको रुपमा मात्रै होइन नयाँ शक्तिहरुको उदयको प्रस्थानविन्दु पनि हुनुपर्छ भन्नेसबैले कामना गर्नुपर्छ र यसतर्फ अगाडि बढ्नुपर्छ।’

यस्तै, उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिको लागि अगाडि बढ्ने मागमा जेनजी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन नसक्ने बताए।

‘सबै देशभित्र र देशबाहिरका सम्पूर्ण नेपालीहरुले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरुको समूह अगाडि बढ्नुपर्छ। युवा पुस्ता नेपालको समृद्धि र सुशासनका लागि अगाडि बढ्नुपर्छ। जेनजी आन्दोलनको माग पनि यही हो,’ उनले भने, ‘देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागि अगाडि बढ्ने जुन मागमा जेनजी आन्दोलन भयो, धेरै धनजनको क्षति भयो, कति शहीद भए, कति घाइते भए यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन।’

देशलाई समृद्धतर्फ लैजान नयाँ युवा पुस्ता र नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ।

‘देशलाई माथि लैजान वा समृद्धतर्फ लैजान नयाँ पुस्ता वा युवा पुस्ता र नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। त्यसकारण यसतर्फ सम्पूर्ण नयाँ शक्ति र व्यक्तित्व जसले यो देशमा केही गरौ भनेर काम गरिरहेको छन्, उनीहरु सबै एक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो,’ उनले भने।

प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्