बालेनसँग २ घण्टा छलफल गरेर निस्किएपछि रवि लामिछानेकाे प्रतिक्रिया– राम्रो भा’छ
दुईबीच ललितपुरको कुपण्डोल ज्वागलस्थित बालेनका सल्लाहकार कुमार बेनको घरमा छलपल भएको हो।
काठमाडौं, पुस १० : बिहीबार दिउँसो काठमाडौं महानगरका मेयर बालेन साह र रास्वपा सभापतिबीच करिब २ घण्टा छलफल भएको छ।
दुईबीच ललितपुरको कुपण्डोल ज्वागलस्थित बालेनका सल्लाहकार कुमार बेनको घरमा छलपल भएको हो।
बालेनसँग छलफल सकेर रवि केहीबेर अघि मात्र निस्किएका छन्। घरबार बाक्लोमात्रामा सञ्चारकर्मीहरुको उपस्थिति थियो। तर, रविले खासै प्रतिक्रिया दिएनन्।
सञ्चारकर्मीको प्रश्नमा उनले उनको प्रतिक्रिया थियो– राम्रै भा’छ। उनले थप भने बताएनन्र
मेयर बालेनले बुधबार साँझदेखि नै भेटघाटलाई तिब्रता दिएका छन्। रविलाई भेट्नुअघि बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुमालन घिसिङ, कांग्रेस नेता सुनील शर्मालाई पनि एक्ला एक्लै भेट्का थिए।
बुधबार बेलुका उनले डा.भगवान कोइराला, भीम उपाध्यय, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, जेनजी फ्रन्टकी संयोजक रक्षा बमलगायतसँग छलफल गरेका थिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










